जनार्दन शर्मालाई माओवादी कार्यकर्ताले देखाए कालोझण्डा


काठमाडौं । पार्टी फुटाएको भन्दै विघटित माओवादीका नेता कार्यकर्ताले जनार्दन शर्मालाई गृहजिल्ला रुकुमपश्चिममा कालोझण्डा देखाएका छन् । शर्मा आइतबार नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट रुकुम सदरमुकाम खलंगा पुगेका थिए ।

सधैं फूलमाला लिएर स्कर्टिङ गर्न आउने नेता कार्यकर्ताले जनार्दनलाई पार्टी फुटाएको भन्दै कालो झण्डा देखाएका हुन् । माओवादीबाट अलग भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनीविरुद्ध कालोझन्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरी निरीक्षक हरि पुनले भने बजारमा कालोझण्डा बोकेर केही युवा हिँडिरहेको भन्ने खबर पाए पनि शर्मालाई कालो झन्डा देखाएको बारे आफूलाई जानकारी नभएको बताए । नवगठित दल प्रलोपामार्फत राजनीतिक यात्रा अघि बढाइरहेका शर्मा पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन् ।