काष्ठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । मंगलबार पठाइएको पत्रमा लेखकलाई आयोगमै सात दिनभित्र उपस्थित भएर बयान दिन भनिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई पनि पत्र पठाउने तयारी रहेको आयोगले जनाएको छ । भदौ २३ र २४ को घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भई काम भइरहेको छ ।
कार्की आयोगलाई सुरुमा तीन महिना म्याद दिइएकामा सरकारले पछिल्लो पटक एक महिना थप गरेको छ । मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन थालेको छ । सोमबार मात्रै काठमाडौंका मेयर बालेन्द्र साह बालेनसँग आयोगले सोधपुछ गरेको थियो ।














प्रतिक्रिया