शीतलनिवासमा देउवा, ओली र प्रचण्ड उपस्थित हुँदै


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पौडेलले मंगलबार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् । बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा हालेको रिटलगायतका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।

भदौ २३ को जेनजी आन्दोलनपछि प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रापति पौडेलले पहिलोपटक छलफल गर्न लागेका हुन् । सोमबार मात्रै कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । कांग्रेस र एमालेका करिब डेढ सय पूर्वसांसदले संसद् पुनःस्थापनाका लागि पूरक रिट लिएर आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसअघि नै राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।