काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक बन्दसूची बुझाएको छ । मंगलबार बिहान कांग्रेसले एक सय १० सदस्यीय सूची निर्वाचन आयोगमा बुझाएको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए । कांग्रेसले विगतमा सांसद भइसकेकालाई समानुपातिक बन्दसूचीमा नराख्ने निर्णयविपरीत अर्जुननरसिंह केसीलाई समानुपातिकमा समेटेको छ ।
उसले यसपटक आफू चुनावमा प्रत्यक्षतर्फ नउठ्ने घोषणा गरेका थिए । यस्तै, कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र पदाधिकारीबाट परेका छन् । अरु सबै नयाँ अनुहार छन् । कांग्रेसले ३५ वर्षमुनिका १५ युवालाई समानुपातिक बन्दसूचीमा समेटेको छ ।
कोशी प्रदेशबाट आदिवासी जनजातितर्फ भीष्मराजका अलावा गोपालमानसिंह भण्डारी, थलकुमार लिंखा, विजय साम्बाहाम्फे, गीता गुरुङ, गीताकुमारी सेन्दाङ, सविता राई, प्रेमिका रानामगर र निर्मला गुरुङलाई बन्दसूचीमा राखेको छ । खसआर्यतर्फ सुशीला ढकाल, रुक्मिणी कोइराला, गोमाकुमारी भट्टराई र रिना उप्रेती छन् । थारुमा डा.प्रमिला गच्छदार, दलिततर्फ मनुमाया विश्वकर्मा, चन्द्रेश्वर शर्मा खत्वे, मुस्लिममा नगमा शाहिद अन्सारी र जमिल अख्तर मियालाई राखिएको सूची प्राप्त भएको छ ।















प्रतिक्रिया