पर्सा जिल्ला अदालतद्वारा रविसँग एक करोड धरौटी माग


काठमाडौं । वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड धरौटी माग गरेको छ। मंगलबार अदालतले मुद्दाको सुनुवाइ गर्दै लामिछानेसँग एक करोड धरौटी माग गरेको हो ।

लामिछाने आजै चितवन २ मा उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदैछन् । सोमबार जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका रवि मंगलबार पर्सा जिल्ला अदालत पुगेका थिए ।