सर्लाही । विनोद खनाल सर्लाहीवासी र राजनीतिज्ञका लागि नौलो नाम होइन । नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति समेत रहेका खनालले यसपटक सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । उनलाई नेपाली काङ्ग्रेसले उम्मेदवार बनाएको हो । सर्लाही जिल्ला मै विकास प्रेमी नेताको छवि बनाएका खनालले उम्मेदवारी दिएपछि क्षेत्रवासी उत्साहित देखिएका छन् ।
विसं २०६४ सालमा भएको संविधानसभाको निर्वाचन देखि नै उम्मेदवार बन्ने चर्चा चलेता पनि अन्तत: अठार वर्षपछि खनालले उम्मेदवारी दिएका छन् । उनलाई विगतमा स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी हुन् क्षेत्रवासीले अनुरोध गरेता पनि उनले नेपाली काङ्ग्रेसकै टिकट लिएर उम्मेदवारी दिए । मनोनयन दर्ता गरेसँगै उनले निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटलाई तीव्र पारेका खनाललाई मतदाताले गुण तिर्ने मौका आएको भन्दै शुभकामान दिईरहेका छन् ।
साथै, यसपटक भने कांग्रेस कार्यकर्ता, समर्थक रूखमै भोट हाल्न पाइने भयो भन्दै उत्साही देखिएका छन् । उम्मेदवार खनाल जहाँ जहाँ जान्छन्, त्यहाँ भीड नै लाग्ने गरेको छ । जनताले क्षेत्र अन्तर्गत गाउँ र टोलमा गरेको विकासका लागि धन्यवाद दिदै मत दिने वाचा गरिरहेका छन् ।
कांग्रेसका उम्मेदवार खनालले लोकतन्त्र, समावेशिता, सुशासन र स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । स्थानीय मतदाताहरूले सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी, शिक्षा, स्वास्थ्य, सिँचाइ र कृषि विकासका विषयमा उम्मेदवारहरूबाट स्पष्ट योजना अपेक्षा गरेका छन् ।












प्रतिक्रिया