आशमा ढकाल
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को पहिलो ८ महिनामा मात्रै ५ लाख ३० हजारभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीका लागि देश छोडेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागका अनुसार विदेश जानेमध्ये अधिकांशले औपचारिक श्रम अनुमति लिएर गएका युवा छन्। विज्ञ भन्छन्–“स्वदेशमै रोजगारीको अभाव, अस्थिर राजनीति र भविष्यप्रतिको अनिश्चितताले युवा पलायन तीव्र बनाएको हो”
विभागका अनुसार खाडी मुलुक, मलेसिया तथा केही युरोपेली देशहरू नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन्। रोजगारीका अवसरको अभाव, न्यून तलब र आर्थिक दबाबका कारण युवाहरू विदेशिन बाध्य भएको सरोकारवालाहरू बताउँछन्।
यति ठूलो संख्यामा युवाशक्ति बाहिरिँदा देशभित्र श्रमशक्तिको अभाव बढ्दै गएको छ भने अर्कोतर्फ वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले अर्थतन्त्र धानेको छ। तर दीर्घकालमा यो प्रवृत्तिले सामाजिक र आर्थिक संरचनामा चुनौती थपिने विज्ञहरूको चेतावनी छ। सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभिन्न नीतिगत सुधारको प्रयास गरिरहेको जनाएको छ।












प्रतिक्रिया