टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपालले इतिहास रच्ला ?


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ ।

आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन् । टस जितेका इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले बलिङ गर्न निम्तो दिएका हुन् ।
समूह ‘सी’ मा दुबै टोलीको पहिलो खेल हो । समूहमा नेपालसहित वेष्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन् ।

नेपाली क्रिकेटले अहिले सम्म सामना गर्न लागेको सबैभन्दा ठूलो प्रतिद्वन्दी इंग्ल्यान्ड हो । नेपाल र इंग्ल्यान्ड पहिलोपटक कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । यो प्रतिस्पर्धालाई टेष्ट राष्ट्र र एसोसिएट राष्ट्रबीचको लडाइँको रुपमा हेरिएको छ । हाल टी २० वरियतामा इंग्ल्यान्ड तेस्रो स्थानमा र नेपाल १६औं स्थानमा छ । इंग्ल्यान्डसँग प्रतिस्पर्धासँगै नेपालले वानखेडे रंगशालामा डेब्यु गर्नेछ ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) गुल्शन झा, कुशल भुर्तेल, आसिफ शेख, करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, करण केसी, शेर मल्ल, नन्दन यावद, सन्दीप लामिछाने छन् ।

इंग्ल्यान्डको प्लेइङ ११ मा ह्यारी ब्रुक (कप्तान) फिल साल्ट, जस बट्लर, ज्याकोप बेथेल, टम बान्टन, साम करन, विल ज्याक्स, लिआम डावसन, जोफ्रा आर्चर, आदिल रसिद, लुक विड छन् ।