काठमाडौं । छापा मार्न गएको सशस्त्र प्रहरी टोलीमाथि तस्करले आक्रमण गरेका छन् । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरको ट्रान्सपोर्ट एरियामा छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीमाथि सोमबार बिहान आक्रमण भएको हो ।
व्यापारीहरुको आक्रमणमा सशस्त्र प्रहरीको दुईवटा गाडीको सिसा फुटेको छ । आक्रमणमा परी तीनजना सशस्त्र प्रहरी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जनाएको छ ।
आक्रमणमा परेर सशस्त्र प्रहरी सहायक निरिक्षक महमद मुस्ताक अलि, सहायक हवल्दार जितेन्द्रप्रसाद सहनी ,सहायक हलव्दार जितेन्द्र पासवान सामान्य घाइते भएका छन । सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगन्ज भन्सार भन्सार कार्यालयको संयुक्त टोलीलाई उनीहरुले आक्रमण गरेका थिए ।
कुख्यात तस्कर मदनप्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । उनका अनुसार बिहान गोदाममा छापा हानेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।
कपडा बरामदपछि तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा सुरक्षाकर्मीमाथि व्यापारी र तस्कर समूह लाठीसहित उत्रिएका थिए । उनीहरूले लखेटीलखेटी सशस्त्र प्रहरीलाई कुटेको देखिन्छ ।












प्रतिक्रिया