काठमाडौं । केही समयअघि प्रतिनिधिसभा बैठकमा अमरेशकुमार सिंहले तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनविरुद्ध संगीन आरोप लगाएका थिए । कवाड व्यवसायी र फुटपाथका पसलेलाई हटाइएकोमा उनी आक्रोशित देखिन्थे । अमरेशले सदनबाटै चुनौती दिँदै भने, ‘काठमाडौंको मेयर बालेन हिटलर हो । तिमीले संसद् र सिंहदरबार जलाउन सक्छौ ? लु म च्यालेन्ज गर्छु ।’ तर भदौ २३ र २४ को जेनजी आन्दोलनमा सिंहदरबार, संसद् भवन, सर्वोच अदालत, राष्ट्रपति भवन सबै जलाइयो ।
बालेनले प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नी श्रीमती चढेको गाडीलाई बालकुमारीमा प्रहरीले चेकजाँच गरेकोमा आक्रोश व्यक्त गर्दै सिंहदरबार जलाइदिने चेतावनी फेसबुकबाट दिएका थिए । पछि सिंहदरबारमा जल्नुमा बालेनकै प्रत्यक्ष र परोक्ष भूमिका भएको विश्लेषण हुन थालेको छ ।
तिनै सिंहदरबार जलाउने अभियानका मास्टरमाइन्ड बालेनकै हातबाट अमरेशले रास्वपा सदस्य मात्र लिएनन्, बालेन प्रधानमन्त्री नभए आफूले जनकपुरमै आत्मदाह गर्ने घोषणा पनि गरे । अमरेशलाई अहिले त्यही घोषणा भारी बनेको छ । सर्लाही ४ मा मतदातासमक्ष भोट माग्ने क्रममा उनलाई मतदाताले त्यही प्रश्नले लखेटेका मात्र छैनन्, तीनपटक सांसद बन्दा के के आश्वासन दिइएको थियो र के कति पूरा गरियो भनेर हिसाबकिताबसमेत माग्न थालेका छन् । त्यही कारण अहिले अमरेश आफ्नो प्रभाव भएको केही गाउँमा ३०–४० जना भेला पारेर कांग्रेस सभापति गगन थापाको सत्तोश्राप गर्न व्यस्त छन् ।
अमरेशले मतदातासमक्ष आफ्नो एजेन्डा र कार्यक्रमबारे केही बताउन सकेका छैनन्, छ त बालेन प्रधानमन्त्री बन्छन् म मन्त्री हुन्छु । यसबाहेक उनीसँग अरु कुनै एजेन्डा नभएपछि सर्लाही ४ मा रास्वपाकै दर्जनौ समर्थक कांग्रेसमा खुल्न थालेका छन् । अमरेशले रास्वपाको टिकट बिक्री गरेको भेटिएपछि सर्लाही मात्र होइन, समग्र मधेशमै रास्वपाको आलोचना भइरहेको छ । पार्टी स्थापनादेखिकै नेता र कार्यकर्तालाई माइनस गर्दै पैसा भएकालाई अमरेशले करोडमा टिकट बिक्री गरेको आरोप लागेको छ ।
त्यसैले यसपटक सर्लाही ४ मा मतदाताले मत बदल्ने र अमरेशलाई हराउने निश्चित देखिएको छ । विगतमा सहयोग गर्दै आएका बलरा, गोडैता, हजरियाका युवाहरूले यसपटक वास्तै नगरेपछि अमरेश मुर्मुरिएका छन् ।












प्रतिक्रिया