काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन ३ लाख १९ हजार रुपैयाँ प्रतितोला मा कारोबार भएको थियो।
गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ। यस्तै चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ७२० रुपैयाँ प्रतितोला मा कारोबार भएको थियो।












प्रतिक्रिया