काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
दुलालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी नगराइए पनि चुनावी समीक्षा हुने नेताहरूले बताएका छन् ।
कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन । यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । अघिल्लो कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।
शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले राजीनामा दिने चर्चा पनि चलेको छ । आमनिर्वाचनमा कांग्रेसले सर्मनाक पराजय बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले मार्गप्रशस्त गर्नसक्ने सम्भावना धेरै रहेको बताइन्छ । थापा स्वयंले उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा आफूले राजीनामा दिने बताइसकेका छन् । तर चौतर्फी रूपमा गगनलाई राजीनामा नभई नियमित १५औं महाधिवेशन गराउन दबाब परेको छ ।













प्रतिक्रिया