काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई चेतावनी दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न भनेका हुन् । यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरू नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी छ ।
‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ,’ उनले भनेका छन् ।
इरानले पाँच हजार किलोमिटर टाढा महासागर बीचमा रहेको अमेरिकी युद्धपोतमा मिसाइल आक्रमण गरेको केही घन्टापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । अमेरिकाले इरानलाई क्रुड आयल निर्यात गर्न कोटासमेत निर्धारण गरेको छ ।
इरानले जलडमरू औपचारिक रूपमा बन्द गरेको छैन, तर आक्रमणको सम्भावना, समुद्री बारुदी सुरुङको त्रास, ड्रोन तथा मिसाइल जोखिमले जहाज सञ्चालकलाई आफ्नो व्यवहार परिवर्तन गर्न बाध्य बनाएको छ। अब जहाजहरू स्वतन्त्र रूपमा होइन, इरानी तटीय क्षेत्रमा टाँसिएर, स्थानीय नियम र संकेतलाई आत्मसात् गर्दै अघि बढिरहेका छन्। यसले अन्तर्राष्ट्रिय समुद्री मार्गको स्वतन्त्रता क्रमशः सीमित हुँदै गएको देखाउँछ।
युद्धअघि यही मार्गबाट दैनिक १३८ जहाज आवतजावत गर्थे भन्ने । संयुक्त समुद्री सूचना केन्द्रको तथ्यांकअनुसार अहिले दैनिक औसतमा ५ देखि ६ जहाज आवतजावत गर्छन् । यो गिरावट करिब ९५ प्रतिशत हो।













प्रतिक्रिया