तारेख बुझ्न रवि लामिछाने पुगे काठमाडौं जिल्ला अदालत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाको तारेखका निम्ति उनी आइतबार बिहान अदालत पुगेका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले तारेखको लागि अदालतमा उपस्थित भएको जानकारी दिए । लामिछानेविरुद्ध तत्कालीन केपी ओली नेतृत्वको सरकारले पाँच जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

जिबी राईले सञ्चालन गरेको सहकारीको पैसा ग्लोक्सी टिभीमा गैरकानुनी रुपमा लगिएको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो। लामिछाने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक थिए । आफूहरुमाथि राजनीतिक प्रतिशोधका आधारमा सो मुद्दा लगाइएको आरोप उनले लगाउँदै आएका छन्। कास्की जिल्ला अदालतमा भने आफू तारेख बुझ्न असमर्थ रहेको भन्दै उनले निवेदन दिएपछि अदालतले स्वीकार गरेको छ ।