काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । मुटुमा राखेको पेसमेकर परिवर्तन गर्न पारस भर्ना भएका हुन् ।
उनलाई निगरानीका निम्ति अस्पतालको २००० नम्बर बेडमा राखिएको थियो । अब्जर्भेसनपछि भने ५०१ नम्बर बेड बुक गरिएको छ । उनको पेसमेकर डा. यादव भट्ट नेतृत्वको टिमले परिवर्तन गरेको हो ।
उनको मुटुमा केही वर्षअघि जडान गरिएको पेसमेकरले काम गर्न छोडेपछि आकस्मिक उपचारका क्रममा नर्भिक अस्पताल लगिएको थियो । यसअघि पनि उनको उपचार त्यहीँ भएको थियो । पेसमेकर परिवर्तन गरेपछि अहिले उनको स्वास्थ्यस्थित सामान्य भएको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया