प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले बोलाए कार्यदलको बैटक


काठमाडौँ । प्रधानमन्त्री वालेन शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल२’ को पहिलो बैठक बुधबार बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, एमालेबाट संविधानसभा सदस्य भीष्मनाथ अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं संविधान सभाका सदस्य देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सदस्य छन् ।

नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्य चयन गरेका छैनन् । ती दलले प्रतिनिधि आजै चयन गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लीलाधर सुवेदी छन् ।