काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले नयाँ वर्ष २०८३ को अवसरमा नयाँ घोषणा गरेकी छन् । उनले काठमाडौंमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्ने घोषणा गरेकी हुन् । डंगोलका अनुसार साझा बससँगको सहकार्यमा रात्रीकालीन बस सञ्चालन हुन लागेको हो ।
राति ८ देखि ११ बजेसम्म दुई रुटमा बस सेवा सञ्चालन हुनेछ । उनका अनुसार बुढानीलकण्ठदेखि लगनखेल र एयरपोर्टदेखि थानकोटसम्म प्रत्येक २० मिनेटमा बस उपलब्ध हुनेछ। बसमा यात्रु तथा चालकको सुरक्षाका लागि सिसीटिभीको निगरानी व्यवस्था र प्रत्येक बसमा एकजना नगर प्रहरीको उपस्थिति रहनेछ ।
ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा रात्रीकालीन बस सेवा सञ्चालन हुन लागेको हो । क्रमशः अन्य पालिकाहरू तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै उपत्यकाभरि सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताएकी छन् । सुरक्षित, व्यवस्थित र वातावरणमैत्री सार्वजनिक यातायाततर्फको यो कदमलाई महत्वपूर्ण मानिएको छ ।












प्रतिक्रिया