दीपकराज गिरीले गरे बालेनको प्रशंसा


काठमाडौं । कलाकार दीपकराज गिरीले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको कार्यशैलीप्रति प्रशंसा गरेका छन् । काठमाडौंको मेयर हुँदा हटाउन नसकेको सुकुमवासी बस्ती प्रधानमन्त्री भएर एक दिनमै हटाएकोतर्फ इंगित गर्दै गिरीले बालेनको प्रशंसा गरेका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले दृढ इच्छाशक्ति भएका व्यक्तिले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूले अन्ततः या त आलोचना र तिरस्कार सामना गर्ने वा इतिहासमै नाम लेख्ने उल्लेख गरेका छन् ।

‘गर्छु भनेपछि गरेरै छाड्ने स्वभाव भएका मान्छेले कि त अन्त्यमा घृणा र तिरस्कार देख्छ, कि त सुनौलो इतिहास नै लेख्छ’ गिरीले लेखेका छन् ।।

गिरीको भनाइलाई धेरैले देशमा भइरहेको पछिल्लो कार्यशैली र सुधार प्रयाससँग जोडेर हेरेका छन् । पछिल्लो समय सरकारले विभिन्न क्षेत्रमा सक्रियता देखाइरहेको सन्दर्भमा कलाकार गिरीको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।