काठमाडौं । आफूविरुद्ध नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको भन्दै एक नेताले आपत्ति जनाएका छन् । उनले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर मिडिया ट्रायल गरिएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको जानकारी दिएका छन् । “मैले कुनै गल्ती गरेको छैन, त्यसैले मलाई अलिकति पनि डर छैन,” उनले उल्लेख गरेका छन् ।
उनले सत्यलाई तोडमोड गरेर आफ्नो चरित्र तथा राजनीतिक भविष्यमा प्रहार गर्ने प्रयास भएको आरोप लगाएका छन् । “सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ,” उनले भनेका छन् ।
उनले भ्रममा नपर्न शुभचिन्तकहरुलाई आग्रह गर्दै यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रचारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।














प्रतिक्रिया