महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार महतोले सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकहरूको घर तत्काल भत्काइने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।
सांसद महतोले महोत्तरीका विभिन्न स्थानमा घर भत्काइने भन्दै भ्रम र त्रास फैलाउने प्रयास भइरहेको भन्दै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले हाल कुनै पनि सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको घर तत्काल भत्किने अवस्था नरहेको स्पष्ट पारे।
जनताको भावना, जीवनयापन र अधिकारलाई बेवास्ता गरेर कुनै पनि निर्णय गर्न नहुने उल्लेख गर्दै उनले आफू सधैं जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।
उनले आवश्यक प्रक्रिया पूरा नगरी वा बल प्रयोग गरेर घर भत्काउने कार्य गरिए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने चेतावनी दिए।
सांसद महतोले नागरिकहरूलाई संयमित रहन, अफवाहको पछि नलाग्न र सत्यतथ्य जानकारीका लागि आधिकारिक स्रोतमा विश्वास गर्न आग्रह गरेका छन्।
















प्रतिक्रिया