चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनमा सम्पन्न भएको छ । यद्यपि दुई वटा गीतको छायाङ्कन भने अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र आगामी भदौ १२ गते (जनै पूर्णिमाको अवसर पारेर) देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको फिल्मलाई तीजको भावनासँग जोडेर दर्शकमाझ ल्याइने तयारी गरिएको छ । बेहुलीको कथा र चाडपर्वको सांस्कृतिक भावनाबीचको संयोजनले दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको विश्वास छ ।
फिल्ममा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) र अभिनेत्री दिव्या रायमाझीको जोडीसँगै शुशान्त कार्कीको प्रमुख भूमिका रहेको छ । ‘होस्टेल ३’ बाट चर्चामा आएका कुलब्वाय यसपटक परिपक्व प्रेमकथामा देखिँदैछन्, जसले दिव्यासँगको उनको स्क्रिन केमिस्ट्रीलाई लिएर दर्शकमाझ उत्सुकता बढाएको छ ।
सङ्गीतकार पहिलो पटक निर्माताको भूमिकामा देखिएका छन् । चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् भने कथा माधव शर्मा हुन् । यसअघि सफल चलचित्र ‘होस्टेल ३’ मा पनि यही निर्देशक–लेखक जोडीले काम गरिसकेका छन् ।
फिल्ममा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
छायाङ्कन निर्देशन (डीओपी) ले गरेका छन् भने सम्पादन विकास दाहालले सम्हालेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।
कार्यकारी निर्माता सुमन थिङ तामाङ, सह–निर्माता दुर्गा खरेल र रमेश सिलवाल रहेका छन् । फिल्मको प्रोडक्सन डिजाइन, मेकअप, पहिरन डिजाइनदेखि पब्लिसिटीसम्मको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । अब ‘बेहुली’ भदौ १२ बाट दर्शकमाझ आउने भएको छ ।
















प्रतिक्रिया