आज रबि र नरेन्द्र मोदी बीच भेट हुदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन्।

भ्रमणका क्रममा उनले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। भेटवार्ताको समय भने हालसम्म सार्वजनिक गरिएको छैन।

यसअघि मंगलबार उनले भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष नेताहरूसँग छलफल गरेका थिए।

लामिछाने यही महिनाको २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।