बालेन सरकारलाई ओलीको व्यंग्य:यो अराजकतन्त्र लामो समय टिक्दैन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देखिएको अराजकतन्त्र लामो समय नटिक्ने दाबी गरेका छन्।

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन समारोहमा बोल्दै उनले नेपालमा राणा शासन, राजतन्त्रलगायत विभिन्न व्यवस्थाहरू ढलेको उदाहरण दिँदै अराजकतन्त्र पनि क्षणिक हुने बताएका हुन्।

ओलीले समय सधैं एकनास नहुने भन्दै धेरै उत्साहित नहुन चेतावनी दिए। उनले लामो तयारीपछि भदौ २३ र २४ गते देशमा विध्वंस मच्चाइएको समेत दाबी गरे।