काठमाडौं l नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
बिहीबार मलेसियाविरुद्ध भएको एसियन गेम्स छनोट खेलमा उनले केवल ४४ बलमा शतक पूरा गरेका हुन्। आक्रामक ब्याटिङ प्रदर्शन गरेका भुर्तेलले सुरुदेखि नै मलेसियाली बलरहरूमाथि दबाब सिर्जना गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याएका थिए।
यस शतकसँगै भुर्तेल लगातार दुई टी–२०आई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। साथै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक बनाउने विश्वका १०औँ खेलाडीका रूपमा पनि उनले आफ्नो नाम दर्ज गराएका छन्।
भुर्तेलको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटको स्तर र सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गरेको छ। उनको यो उपलब्धिलाई नेपाली क्रिकेट इतिहासकै एक महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।

















प्रतिक्रिया