काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल ले आफू सवार गाडी दुर्घटनाबारे प्रतिक्रिया दिँदै दुर्घटना सामान्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडीमा सामान्य क्षति भएको छ। भगवानको कृपाले सबै ठिक छ। सुशान्त वैदिक, म र आरपी महतो सबै ठिक छौँ। त्यही गाडीमै फर्किँदै छौँ। हजुरहरूको शुभेच्छाका लागि धेरै–धेरै धन्यवाद।”
गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले क्षेत्रमा भएको उक्त दुर्घटनामा गाडीमा सामान्य क्षति पुगेको भए पनि सांसद ढकालसहित सबै यात्रु सकुशल रहेको जनाइएको छ। दुर्घटनापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू सोही गाडीमार्फत गन्तव्यतर्फ फर्किरहेका छन्।
दुर्घटनाको खबर सार्वजनिक भएपछि समर्थक तथा शुभेच्छुकहरूले उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका थिए। सांसद ढकालले सबै सुरक्षित रहेको जानकारी दिँदै शुभेच्छाप्रति आभार व्यक्त गरेका छन्।


















प्रतिक्रिया