काठमाडौं, जेठ २६ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन अधिकारीहरूले फर्काइदिएका छन्।
अध्यागमन स्रोतका अनुसार उनीहरू कालोसूची (ब्ल्याक लिस्ट) मा रहेकाले विदेश जान अनुमति नदिइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले उनीहरूलाई विमानस्थलबाटै फर्काइएको पुष्टि गरेका छन्।
आर्थिक अनियमिततासम्बन्धी विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो।
विदेश यात्रा प्रतिबन्ध हटाउन एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेपछि उनीहरूको विदेश यात्रा रोकिएको हो।

















प्रतिक्रिया