भरतपुर । चितवन भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ले आइतबार सौराहास्थित खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण गरेका छन्।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाह सपरिवार केन्द्र पुगेका थिए। निरीक्षणका क्रममा उनले केन्द्रको अवस्था, हात्ती संरक्षण तथा प्रजननसम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए।
खोरसोरस्थित उक्त केन्द्रमा हाल नौ वटा माउ हात्ती र सात वटा छावा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन्। महाधिवेशनका विभिन्न कार्यक्रमबीच उनले सौराहास्थित हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका हुन्।

















प्रतिक्रिया