फिफा । फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३–० गोलले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए।
खेलको पहिलो हाफ समाप्त भएलगत्तै भारी वर्षा भएपछि खेल करिब दुई घण्टासम्म रोकिएको थियो। मौसम अनुकूल बनेपछि पुनः सुरु भएको खेलमा फ्रान्सले आफ्नो लय कायम राख्यो।
दोस्रो हाफको ६६औँ मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स ३–० ले अघि बढ्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स सहज विजेता बन्यो।
यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले हराएको थियो। लगातार दोस्रो जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

















प्रतिक्रिया