शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत


काठमाडौं । सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त संशोधनलाई अनुमोदन गर्ने निर्णय गरेको हो।

यसअघि शिक्षा नियमावलीको नवौँ संशोधन २०७७ फागुन ३ गते गरिएको थियो। करिब पाँच वर्षपछि सरकारले नियमावलीमा १०औँ संशोधन स्वीकृत गरेको हो।

संशोधित नियमावलीका विस्तृत प्रावधान भने सरकारले सार्वजनिक गरिसकेको छैन। सार्वजनिक भएपछि त्यसमा समेटिएका व्यवस्थाबारे थप जानकारी उपलब्ध हुनेछ।