काठमाडौं । म्यानपावर कम्पनीमार्फत दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसाअन्तर्गत रोजगारीका लागि प्रतीक्षारत नेपाली श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ।
मन्त्रालयले ई–७ भिसामा श्रमिक पठाउने प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक निर्णय गरेको जनाएको छ। यस निर्णयसँगै लामो समयदेखि रोजगारीको अवसरको प्रतीक्षामा रहेका नेपाली श्रमिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार निर्णय कार्यान्वयनसँगै म्यानपावर कम्पनीमार्फत ई–७ भिसामा दक्षिण कोरिया जाने प्रक्रिया थप सहज, व्यवस्थित र विश्वसनीय बन्ने विश्वास गरिएको छ।


















प्रतिक्रिया