प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलोपटक प्रत्यक्ष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री पद सम्हालेपछि निजी क्षेत्रसँग उनको यो पहिलो औपचारिक संवाद हुनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे हुने बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा सरकार–निजी क्षेत्र सहकार्यका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार प्रधानमन्त्रीको निमन्त्रणामा निजी क्षेत्रका प्रमुख संस्थाका नेतृत्वलाई बैठकका लागि बोलाइएको हो।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा बैठक केन्द्रित रहने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया