काठमाडौँ l प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा बुधबार निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान र सुदृढ बनाउन, उद्योग–व्यवसायलाई गति दिन तथा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, रोजगारी सिर्जना बढाउने र उत्पादन वृद्धि गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई थप सहज बनाउने तथा सरकार र निजी क्षेत्रबीच नियमित, प्रभावकारी र परिणाममुखी संवादलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।

















प्रतिक्रिया