काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा पछिल्लो समय इजरायल जान इच्छुक नेपाली श्रमिकहरूले भोगिरहेका समस्या तथा ती समस्या समाधानका उपायबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
विशेषगरी इजरायल जान चाहने श्रमिकका लागि स्वास्थ्य परीक्षण र भाषा परीक्षालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार–विमर्श भएको थियो।
भेटका क्रममा मन्त्री यादव र राजदूत एरी बासले नेपाली श्रमिकसँग सम्बन्धित समस्या समाधानका लागि निरन्तर द्विपक्षीय संवादलाई अघि बढाउँदै आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

















प्रतिक्रिया