काठमाडौं l त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।
प्रहरीका अनुसार ती पुरुषले शरीरमा आगो लगाएर आत्मदाह गर्न खोजेका थिए। घटनास्थलमा खटिएको प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले घटनाको पुष्टि गर्दै घाइतेको उपचार भइरहेको जानकारी दिएका छन्। हालसम्म ती व्यक्तिको परिचय तथा आत्मदाह प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया