वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानमाथि ठूलो संख्यामा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमार्फत इरानले त्यस्तो कदम चालेमा अमेरिकाले सुरुमा १ हजार मिसाइल प्रहार गर्ने र त्यसपछि थप हजारौं मिसाइलद्वारा आक्रमण गरिने बताएका छन्। उनले अमेरिकी सेनालाई यसका लागि तयारी अवस्थामा रहन आवश्यक निर्देशन दिइसकेको दाबी पनि गरेका छन्।
ट्रम्पका अनुसार उक्त सैन्य तयारी एक वर्षका लागि गरिएको छ र आवश्यक परे यसको अवधि थप विस्तार गर्न सकिनेछ।
इरानले आफ्नो हत्या गर्ने योजना बनाएको भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यो कडा चेतावनी आएको हो। यद्यपि, इरानले यस्तो आरोपलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन र उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

















प्रतिक्रिया