बागलुङ । बागलुङमा सुनको रिङ लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिका–३, बाटाकाचौर मजुवास्थित एक घरको आँगनमा बसेकी ८९ वर्षीया मैसरी काउचालीलाई डरधम्की दिई सोही वडाका १९ वर्षीय सन्दीप रुचालले उनको बाँया कानमा लगाएको ४.३८ ग्रामको सुनको रिङ लुटेर लगेको आरोप छ।
घटना २०८३ साल वैशाख २१ गते बिहान करिब ११ बजे भएको प्रहरीले जनाएको छ। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले आरोपित रुचाललाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई कानुनबमोजिम नियन्त्रणमा लिएर २०८३ वैशाख २२ गते बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




















प्रतिक्रिया