प्रतिनिधि सभा बैठक भदौ १ गतेसम्म स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले मंगलबार बसेको बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बैठकमा ‘खनिज पदार्थ सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।

त्यस्तै, मंगलबारको बैठकमा आकस्मिक र विशेष समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए। बैठकमा सांसदहरूले जनजीविका, विकास निर्माण तथा समसामयिक राजनीतिक विषय उठाउँदै सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।