काठमाडौं – निजामती सेवाको विशिष्ट श्रेणीका दुई सचिवले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार दुवै सचिवको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।
सञ्चार मन्त्रालयमा साउन १३ गते मात्रै सरुवा भएका डा. पोखरेलले दुई सातामै सचिव पदबाट राजीनामा दिएका हुन्। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि पोखरेल असन्तुष्ट रहेको बताइएको छ।
यता, सचिव अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए। डा. पोखरेलको भने सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म रहेको थियो।
दुवै सचिवको राजीनामालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि निजामती प्रशासनमा यसले चासो बढाएको छ।





















प्रतिक्रिया