नीशा सुनारले ल्याइन् ‘झ्याप छौं कि साइँला दाई’, नाजिर र उषाको रोमान्स


काठमाडौं – गायिका नीशा सुनारले नयाँ गीत ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक गरेकी छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएकी नीशाले नेपाल आएका बेला यो रमाइलो शैलीको गीत सार्वजनिक गरेकी हुन्।

गीतमा नीशा सुनार र खेम सेन्चुरीको स्वर रहेको छ। रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अभिनेत्री उषा उप्रेतीको रोमान्स देखाइएको छ।

सुनिल बीकेको निर्देशनमा तयार भएको भिडियोमा नाजिर र उषालाई रमाइलो तथा रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा रोशन विश्वकर्माको कोरियोग्राफी छ।

कुनै समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय रहेकी नीशाले अब गायनलाई निरन्तरता दिने बताएकी छन्। उनको स्वरमा रहेको नयाँ तीज गीत पनि केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको छ।