गोसाइँकुण्ड जाने पैदल मार्गमा पहिरो हटाइयो


रसुवा । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको रसुवास्थित गोसाइँकुण्ड जाने देउराली–डिम्सा पैदल मार्गको खिम्दी क्षेत्रमा पैदल आवागमन सुचारु भएको छ।

श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले पहिरोका कारण अवरुद्ध मार्गको अवरोध हटाउनुका साथै आवश्यक मर्मतसम्भार गरेको हो। मर्मतपछि उक्त पैदल मार्गबाट यात्रु तथा तीर्थयात्रीको आवागमन पुनः सञ्चालनमा आएको छ।