कारमा लुकाएर लैजाँदै गरेको १६८ किलो गाँजासहित दुई पक्राउ


काठमाडौँ। चितवन प्रहरीले कारभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो लागूऔषध गाँजा बरामद गरेको छ। भरतपुर–१० चित्लेटीबाट प्रहरीले कारसहित चालक दिल्ली राम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।