काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिसवतसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।
कास्कीमा कार्यरत थापाले लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने र पक्राउ नगर्ने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको थियो।
अख्तियारले गत जेठ १३ गते थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारण भने बाँकी रहेको छ।






















प्रतिक्रिया