काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी पश्चिममा कार्यरत सर्भेक्षक बिन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार २०४६ वैशाखदेखि २०८१ जेठसम्मको अनुसन्धानमा सुडीको वैध आय ६ करोड ३ लाख ८५ हजार रुपैयाँभन्दा बढी देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा लगानी ९ करोड ७५ लाख ६९ हजार रुपैयाँभन्दा बढी रहेको पाइएको छ।
वैध आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बढी खर्च तथा लगानी गरेको र त्यसको स्रोत खुल्न नसकेको अख्तियारको दाबी छ।
अख्तियारले उक्त रकमलाई बिगो कायम गरी जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न माग गरेको छ। अवैध सम्पत्ति श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखिएको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको छ।






















प्रतिक्रिया