काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरे।
लामिछानेले अप्रमाणित सूचना, हल्ला र अफवाह नफैलाउन आग्रह गर्दै रास्वपाका नेता–कार्यकर्तालाई प्रशासनसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी काममा सक्रिय हुन निर्देशन दिएका छन्।






















प्रतिक्रिया