काठमाडौं । बाढीपीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले पूर्वअनुमति नलिई उडान गर्न पाउने भएका छन्।
तिब्बतबाट रसुवा हुँदै आएको भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको छ भने कतिपय नागरिक सम्पर्कविहीन छन्।
उद्धार कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री कार्यालयले निजी हेलिकप्टरलाई आवश्यकताअनुसार अनुमति नलिई उडान गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।






















प्रतिक्रिया