विपद्पछि कांग्रेसको आकस्मिक बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्नेछ।

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

त्यस्तै, कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षसहित रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिलाई समेत बैठकमा बोलाइएको छ।