काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीले त्रिशूलीस्थित माछा अनुसन्धान केन्द्र पूर्ण रूपमा बगाएको छ। केन्द्रमा कार्यरत आठ कर्मचारी भागेर जोगिरटारस्थित विद्यालय परिसरमा बसेका छन्।
केन्द्रकी कर्मचारी अनिता गौतमका अनुसार कर्मचारीहरू उद्धारको पर्खाइमा छन्। बाढीले केन्द्रका भवन, माछा तथा अन्य भौतिक सामग्रीसहित करोडौँको क्षति पुर्याएको छ।
गौतमले बाढीबाट जोगिन कर्मचारीहरू भागेर विद्यालय पुगेको बताइन्। बाढीले केन्द्रको सम्पूर्ण संरचना बगाएकाले क्षतिको यकिन विवरण आउन बाँकी छ।





















प्रतिक्रिया