काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित तथा घाइतेको उपचार वीर अस्पतालमा निःशुल्क हुने भएको छ। अस्पतालले सम्भावित घाइतेको उपचारका लागि आकस्मिक सेवा र आवश्यक स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको छ।
अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार गम्भीर घाइतेका लागि २७ वटा बेड छुट्याइएको छ भने इमरजेन्सी ओटी, आईसीयू, भेन्टिलेटर र औषधिसमेत तयारी अवस्थामा राखिएको छ।
बिरामीको अवस्थाअनुसार ट्रायाज प्रणालीमार्फत रेड, यलो र ग्रिन क्षेत्रमा वर्गीकरण गरी उपचार गरिने अस्पतालले जनाएको छ। गम्भीर बिरामीका लागि भेन्टिलेटरसहित ११ वटा आईसीयू बेड तयारी अवस्थामा राखिएको छ।
सम्भावित भीड व्यवस्थापनका लागि अस्पताल परिसरमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको निर्देशक नेपालले जानकारी दिए।





















प्रतिक्रिया