मन्त्रिपरिषद् बैठकका १० निर्णय


काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।

बैठकले बाढीमा परेका तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गरिने सरकारले जनाएको छ।