रसुवा बाढीपछि २९ घाइतेको तत्काल हवाई उद्धार


काठमाडौँ । रसुवा बाढीमा घाइते भएका २९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार घाइतेहरूको उद्धारका लागि सेनाका ६ वटा हेलिकप्टर परिचालन गरिएका छन्। थप दुई हेलिकप्टर पनि उद्धार अभियानमा सहभागी हुन जाने क्रममा छन्।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाले ३ वटा ड्रोनसमेत परिचालन गरेको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।